बायर्नका कप्तान लाह्मद्वारा सन्यास लिने घोषणा
बुधबार, २६ माघ २०७३, ०९ : ५८
म्युनिख – बायर्न म्युनिख कप्तान फिलिप लाह्मले यो सिजनको अन्त्यदेखि फुटबल करियरबाट सन्यास लिने घोषणा गरेका छन् ।
सन् २०१४ को विश्वकप जित्दा जमर्नीको समेत कप्तानी गरेका ३३ वर्षीय लाह्मले वुल्फसवर्गविरुद्ध जर्मन कपको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।
बायर्नका लागि उनको यो ५०१ औँ खेल थियो । ‘यो सिजनको अन्त्यसम्म मेरो नेतृत्व दिनेछु, हरेक दिन उत्कृष्ट खेल खेल्नेछु । यो सिजनसम्म यो जारी राख्नेछु तर त्यसपछि सक्दिन,’ उनले भने ।
उनको करार सकिन एक वर्षअघि नै उनले सन्यास लिन लागेका हुन् ।
बायर्नकै उत्पादन रहेका लाह्मले सन् २००२ मा सिनियर खेलमा डेब्यु गरेका थिए । त्यसयता क्लबबाट उनले ७ वटा बुन्डेसलिगाको उपाधिसहित च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।
सन् २०१४ को विश्वकपपछि नै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण