कुपोषणका कारण एक बालिकाको मृत्यु
डडेल्धुरा - कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ ।
कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको होे ।
पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो ।
मैले आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भएको मुनाका आफन्त पर्ने धामीले जानकारी गराए ।
चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहँुदा जान नसकेको उनको भनाइ रहेको छ ।
४० वर्षीया मुनाका अरु दुई छोरी र एक छोरा भने स्वस्थ छन् । कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो ।
पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यकोे क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण