पुस्तक प्रदर्शनीको अवधि २० दिन थप
काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो ।
यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो । सो प्रदर्शनी आजसम्म कायम गरिएकोमा अब २० दिन थप गरिएको छ ।
‘समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह’ नामक कृतिमा ‘नेपालको एकीकरण र राष्ट्रिय एकता’ शीर्षकमा जगमान गुरुङ तथा योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशका सन्दर्भमा र राष्ट्रिय एकताप्रतिको जनभावना प्रतिविम्बित तत्कालीन साहित्यमा आफ्नो विचार र अनुभव लेखेका छन् ।
पृथ्वीनारायण शाहसँग सम्बन्धित स्मारिका, महाकवि देवकोटाका विभिन्न कृति, बिपी कोइरालाको मोदिआइन, दोषीचस्मालगायत कृतिका साथै अन्य लेखकबाट सङ्ग्रह गरिएका विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनीमा विभिन्न कृतिमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीका संयोजक शिव चापागाईंले प्रदर्शनीमा विभिन्न समूहका दर्शक आउने गरेको बताउँदै दैनिक रु १० हजारको बिक्री भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण