‘मुर्ख ट्रम्प’ : अमेरिकी राष्ट्रपतिलाई गिज्याउँदै अलकायदाद्वारा अडियो टेप जारी
यमन – यमनमा रहेको अलकायदाको कम्पाउण्डमा अमेरिकी सेनाले कारवाही गरेको केही दिनपछि अडियो टेप सार्वजनिक गर्दै अलकायदाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिज्याएको छ ।
ट्रम्पको निर्देशनमा जनवरी २९ मा भएको उक्त कारवाहीमा अमेरिकी सेनाले समेत ज्यान गुमाएको थियो ।
उक्त कारवाहीको भत्सर्ना गर्दै अलकायदा इन अरेबियन पेनिनसुला (एक्युएकपी) का नेता कासिम अल–रिमीले ११ मिनेट लामो अडियो जारी गर्दै भनेका छन्, ‘ह्वाइटमा आएको नयाँ मुर्खले गालामा नमिठो झापड पाएको छ ।’
शनिबार अनलाइनमा जारी गरिएको उक्त अडियोलाई एसआइटीई इन्टिलिजेन्स ग्रुपले त्यसलाई अनुवाद गरेको थियो ।
अडियोमा रिमीले उक्त घटनामा दर्जनौँ अमेरिकी मारिएको र घाइते भएको पनि दाबी गरेका छन् । उक्त अमेरिकाले ठीक उल्टो जानकारी दिएको थियो । अमेरिकाका अनुसार नेभी सिलका विलियम रायन ओवेन्सको मृत्यु भएकोे र अन्य तीन जनाको घाइते भएका हुन् ।
रिमीले घटनामा १४ पुरुष र ११ महिला र बालबालिकाको मृत्यु भएको बताएका छन् ।
उक्त कारवाही अमेरिका र युएईले संयुक्त रुपमा गरेका थिए । कारवाहीको मुख्य लक्ष्य भनेको पनि रिमी नै भएको बताइन्छ ।
घटनामा २३ जना सर्वसाधारण मारिएको त्यहाँ कार्यरत गैरसंस्कारी संस्थाले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण