तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ – उपप्रम महरा
धादिङ - उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले त्यस्तो आग्रह गरेका हुन् ।
उद्घाटन मन्तव्यमा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखिएको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासङ्घको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रुपमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो ।
क्षेत्रीय समितिका संयोजक शीतलप्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटी सम्मानित हुने पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार हरिहर विरही, प्रजिअ उमेश ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले र राजनीतिक दलका प्रमुखहरुले समसामयिक राजनीति र सञ्चार क्षेत्रको अवस्थामाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण