सत्ता पक्षले चुनाव चाहेन–नेता गौतम
बर्दिया – नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल बर्दियाले आज गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका हुन् ।
अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरुले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा (एमाले) चुनावमा जान तयारी अवस्थामा रहेको जानकारी गराए ।
उनले ५ नम्बर प्रदेश टुक्य्राउनुको कारण मधेसबादी दललाई खुसी पार्नका लागि गरिएको आरोप लगाउँदै गौतमले यो राष्ट्रहित विपरीत भएको टिप्पणी गरे।
संविधान विश्वकै उत्कृष्टः नेता खनाल
यता, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन् ।
नब्बे प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावना विपरीत हुने बताए ।
अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको छ भन्दै उनले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण