‘पहिले जनताको अधिकारका लागि लडे, अहिले अन्धकारविरुद्ध लड्दैछु’ : उर्जामन्त्री
काठमाडौँ – उर्जामन्त्री जनार्दन शर्माले नेपालको अन्धकार विरुद्ध लड्ने मौका आफूले पाएको भन्दै त्यसमा सबैको साथको आवश्यकता रहेको बताए ।
पुल्चोकमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, यसअघि जनताको अधिकारका लागि लडे, अहिले अन्धकार हटाउनका लागि लडिरहेको छु ।’
अन्धकारका विरुद्ध लड्ने यो लडाईमा सबै जनताको सहयोग आवश्यक रहेको बताउँदै उनले उज्यालो अभियान बत्ती बाल्ने र लोडसेडिङ हटाउने मात्र होइन, देशको समग्र विकासको कुरासँग जोडिएको बताए ।
राजनीतिक इच्छा शक्तिका नभएको कारण त्यो बेला यो सम्भव भएको थिएन, त्यही कर्मचारीहरु थियो त्यो बेला पनि, आज आफू त्यही कर्मचारीबाट काम गराएर उज्यालो बनाउने प्रयास गरेको बताउँदै उनले काम गर्ने इच्छा शक्ति भए जे पनि हुन सक्ने बताए ।
उज्यालो अभियान राष्ट्रिय निर्माणको अभियान हो, उनले भने, यो राष्ट्रवादको कुरा हो, राष्ट्रवादको कुरा गरेर मात्र हुँदैन, व्यवहारमा देखाउनुपर्छ ।’
मन्त्री शर्माले मुलुकलाई १५ वर्ष भित्र समृद्ध बनाउन सम्भव रहेको दावी समेत गरे । ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले विकास निर्माणको कामलाई युवाहरुले केन्द्र भागमा राख्ने बेला आएको पनि स्पष्ट पारे ।
मन्त्री शर्माले नेताहरुलाई सराप्ने काम भईरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे उनले अघिल्लो पुस्ताले राजनीतिक लडाई लडेको उल्लेख गर्दै अवको पुस्ताले आर्थिक क्रान्तिका लागि लडाई लडने बेला आएको पनि बताए । भने ‘ युवाहरु लागि परे १०/१५ वर्ष भित्रमै मुलुक समृद्ध हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण