दुर्घटनामा परी अनेरास्ववियुका केन्द्रीय सदस्यको मृत्यु
बिहीबार, २७ माघ २०७३, ०८ : ४१
खोटाङ - मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ ।
काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ । दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पु¥याएर सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँकै ट्रमा सेन्टर पु¥याइएको थियो । करिब एक दशकदेखि एमाले निकट विद्यार्थी सङ्गठनमा क्रियाशील राई सङ्गठनको माथिल्लो सगरमाथा प्रमुखसमेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण