काँग्रेस पर्सा जिल्ला सभापति चुन्न मतदान सम्पन्न
पर्सा - नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिलगायत २८ पदका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सम्पन्न भएको छ ।
मतदानमा पर्साका पाँच वटै निर्वाचन क्षेत्रबाट आएका काँग्रेसका नौ सय २५ प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । पर्सामा नौ ३८ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए ।
जिल्ला सभापति पदका लागि भएको मतगणना आजै ६ः३० बजेदेखि गणना गरिने बताइएको छ । सभापतिका उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारका लागि शुक्रबार पुनःमतदान गरिने छ ।
जिल्ला सभापतिको परिणाम आएपछि मात्रै सचिव, कोषाध्यक्ष तथा सदस्यका उम्मेदवारको मतगणना हुन कोइरालाले जानकारी दिए । काँग्रेस विधानानुसार सभापतिमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ ।
सभापतिका लागि अजयकुमार द्विवेदी, वशिष्ठनारायण कुर्मी, जनार्दनसिंह क्षेत्री र शान्ति कार्की चुनावी प्रतिस्प्रर्धामा छन् । त्यस्तै सचिवका लागि तीन र कोषाध्यक्षका लागि तीन जना चुनावी प्रतिस्प्रर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण