उमालेको अण्डाको पानीको यो प्रयोग थाहा पाउँदा चकित हुनुहुनेछ
अण्डा उसिनेपछिको पानी तपार्ईं के गर्नुहुन्छ ? धेरैजनाले ‘फाल्छु’ भन्ने उत्तर दिनुहुन्छ होला । तर यसलाई फाल्नुको साटो यसलाई तपाईं पुनः प्रयोग गर्न सक्नुहुन्छ ।
मास्टर्स गार्डेनर अफ हेमिल्टनद्वारा जारी गरिएको एक अध्ययनको रिपोर्ट अनुसार अण्डा उमालेपछि पानीमा केही यस्ता पोषक तत्व पाइन्छ जसले बोटबिरुवाको लागि मलको काम गर्दछ ।
अण्डाको बोक्रामा क्याल्सियम, पोटासियम र थोरै मात्रामा फोस्फोरस, म्यागनेसियम र सोडियम पाइन्छ । अण्डा उमाल्ने बेला यो तत्व पानीमा मिसिने गर्दछ ।
बोटबिरुवामा कोशिकाको विकासका लागि यी सबै तत्वको सबैभन्दा बढि आवश्यकता पर्दछ । यस्तोमा यदि तपाईं बोटबिरुवामा उमालेको अण्डाको पानी वा अण्डाको बोक्रा हाल्नुहुन्छ भने यसले मलको काम गर्दछ जसले बोटबिरुवाको विकास हुन सघाउँछ ।
बोटबिरुवालाई घर भित्र राख्नुहुन्छ भने त्यसले सूर्यको किरण पर्याप्त रुपमा पाउँदैन । यस्तो अवस्थामा बोटबिरुवाको विकास हुन पाउँदैन, इनडोर प्लान्टको राम्रो विकासका लागि उसिनेको अण्डाको पानी हाल्नुहोस् । विशेषगरी गोलभेंडा र खुर्सानीको बोट बिरुवाको लागि यो निकै उपयोगी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण