थप आठ जिल्लामा नसर्ने रोग जोखिम न्युनीकरणका लागि ‘पेन प्याकेज’ कार्यक्रम लागू हुने
बिहीबार, ०३ चैत २०७३, १९ : ३६
काठमाडौं – सरकारले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू गर्ने भएको छ । यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र इलाममा यो कार्यक्रम लागू गरिएको छ ।
पेन कार्यक्रम सञ्चालन गर्न लागिएको आठ जिल्लाका जनस्वास्थ्य अधिकृत र स्वास्थ्यकर्मीलाई लक्षित गरी आजदेखि यहाँ नसर्ने रोगबारे दुइदिने तालिम सुरु गरेको छ । तालिमपछि उनीहरुले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यस सम्बन्धी तालिम दिनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास लगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो ।
तालिमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताए ।
स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताए ।
प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखा प्रमुख मोहम्मद दाउदले यो कार्यक्रम सुरु हुने जिल्लामा सबै रोगको परीक्षण र उपचार हुने बताए।
विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित नसर्ने रोग कार्यक्रमका स्रोत व्यक्ति पर्सन लुनिम प्रसाईं दीक्षितले भने, ‘नेपालमा सन् २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशत रहेकोमा सन् २०१४ मा आईपुग्दा बढेर यो ६० प्रतिशत पुगेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण