रक्सीको लत छोड्न नसक्नेले यसरी गर्नुहोस् आफ्नो कलेजोको हेरबिचार
शनिबार, ०५ चैत २०७३, १२ : ५६
रक्सी पिउने मानिसहरुलाई फोक्सोसम्बन्धि निकै गम्भीर रोग हुनसक्छ । यस्तोमा कलेजोको सुरक्षामा ठूलो प्रश्न खडा हुन सक्छ । आफ्नो खानपिन र जीवनशैलीमा केही परिवर्तन गरेर आफ्नो कलेजोको हेरबिचार गर्न सक्नुहुन्छ ।
जरा भएको तरकारीः
कलेजोलाई स्वस्थ राख्नका लाागि आफ्नो आहारामा जरा भएको तरकारी समावेश गर्नुहोस् । यसमा फ्लेवोनाइड हुन्छ जसले कलेजोको कोशिकालाई मर्मत गरेर यसलाई निकै राम्रोसँग काम गर्न प्रेरित गर्दछ । सलगम, गाजर, आलू आदिको सेवनले कलेजो ठिक हुने गर्दछ ।
डिटक्सिफाई गर्ने आहारः
कलेजोलाई डिटक्सिफाई गर्नका लागि हरियो सागसब्जी, लसुन र धेरैभन्दा धेरै पानी पिउनुहोस् । यसले कलेजोबाट विषाक्त तत्वलाई बाहिर निकाल्न निकै सहयोगी भूमिका खेल्ने गर्दछ । यसमा पाइने क्लोरोफिल तत्व कलेजोमा खतरनाक रसायनको प्रभावलाई कम गर्दछ ।
सल्फरले भरिपूर्ण खानेकुराः
कलेजोले एन्जाइमको उत्पादन गर्दछ जुन सबै अंगले प्रयोग गर्ने गर्दछ । सल्फरले भरिएको आहारको सेवन गर्नुहोस् जस्तै टुसा उम्रेको गेडागुडी, बन्दा गोभी र ब्रोकोलीजस्ता तरकारीले एन्जाइमको उत्पादन गर्न सहयोग गर्दछ ।
जैविक खाद्य पदार्थको सेवनः
सधैं जैविक खाद्य पदार्थको सेवन गर्नुहोस् । यसमा किटनाशकको कम प्रयोग गरिएको हुन्छ जुन प्राकृतिक हुन्छन् । रसायन र किटनाशक कलेजोमा जम्मा हुने गर्दछ जसलाई निकाल्न निकै मुश्किल हुन्छ ।
रक्सीको सेवन कम गर्नुहोस्ः
रक्सीले तपाईंको कलेजोको कोशिकामा क्षती पुर्याउने गर्दछ जसकारण कलेजोमा बोसो जम्ने, सुन्निने, अल्कोहोलिक हेपाटाइटिस र सिसोसिसजस्ता समस्या हुनसक्छ । यदि तपाईंलाई पहिले देखि नै कलेजोसम्बन्धि समस्या छ भने रक्सीको थोरै मात्रा पनि तपाईंको लागि घातक हुनसक्छ ।
आवश्यक छ एन्टीअक्सिडेन्टः
एन्टीअक्सिडेन्टले फ्रि रेडिकल्सलाई नष्ट हुनबाट जोगाउँछ । बन्दा, गाजर, सोयाबिन, टुसा उम्रेको गेडागुडी, माछाको तेलमा निकै धेरै एन्टीअक्सिडेन्ट हुन्छ ।
तनाव नलिनुहोस्ः
तनावले थुप्रै शारिरिक समस्या हुने गर्दछ । यसले पाचन तन्त्रलाई हानी पुर्याउने काम गर्दछ र नराम्रो लत जस्तै धुम्रपान र रक्सीको लत पनि लाग्ने गर्दछ । त्यसकारण तनावलाई टाढा राखेर आफूलाई व्यस्त राख्ने कोसिस गर्नुहोस् ।
व्यायामः
नियमित रुपमा व्यायाम गर्दा कलेज सम्बन्धि समस्याबाट बचिन्छ । मिसौरी युनिभर्सिटी (एमयू) को ‘स्कूल अफ मेडिसिन’ द्वारा गरिएको एक नयाँ शोध अनुसार दिनचर्यामा अचानक परिवर्तन आउँदा र गतिहिन हँदा कलेजोमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण