शाकाहारीका लागि ८ सर्वश्रष्ठ प्रोटिनका स्रोत
मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ ? तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् ।
मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ । त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ ।
शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ ।
१. तोफूः
तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ ।
२. मुसुरोको दालः
प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।
३. स्पिरुलिनाः
स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् ।
४. ब्रोकोलीः
ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ ।
५. बदामः
बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो ।
६. जईः
जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ ।
७. सोया दुधः
सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो ।
८. टुसा उम्रेको गेडागुडीः
टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण