एकाग्रता शक्ति बढाउन यसो गरौँ
मानव शरीरमा प्राणको जति महत्व छ, त्यति नै योगमा त्राटकको छ । सम्पूर्ण योग नै मनका माध्यमबाट गरिन्छ । सोही मनलाई नियन्त्रण गर्ने योगको विधि हो, त्राटक । यसले सम्पूर्ण मन मस्तिष्कलाई पूर्ण सञ्चालित गराई विलक्षण, मेधावी, प्रतिभाशाली साथै शक्तिशाली बनाउँछ । आधुुनिक विज्ञानमा मनोरोग र रोगीको प्रत्यक्ष रूपमा अनुसन्धान, अन्वेषण गरिएको पाइन्छ । योगको मनोविज्ञानमा सफल, स्वस्थ, उच्च, उत्कृष्ट मस्तिष्कको सूक्ष्म अनुसन्धान गरिन्छ । अझ भनौँ भने त्राटकद्वारा मनको सशक्तीकरण तथा यौगिक सिद्धि प्राप्ति हुन्छ । साथै, कतिपय अविकसित मस्तिष्कको केन्द्रलाई जगाएर मनलाई शक्तिशाली बनाउने काम पनि गर्छ । कुनै पनि पेसाकर्मीलाई यसले सफलताको उच्च स्तरसम्म पु¥याउँछ । एकाग्रता नै त्राटकको सबैभन्दा उच्च तागत र शक्ति हो ।
मानव शरीरमा प्राणको जति महत्व छ, त्यति नै योगमा त्राटकको छ । सम्पूर्ण योग नै मनका माध्यमबाट गरिन्छ । सोही मनलाई नियन्त्रण गर्ने योगको विधि हो, त्राटक । यसले सम्पूर्ण मन मस्तिष्कलाई पूर्ण सञ्चालित गराई विलक्षण, मेधावी, प्रतिभाशाली साथै शक्तिशाली बनाउँछ । आधुुनिक विज्ञानमा मनोरोग र रोगीको प्रत्यक्ष रूपमा अनुसन्धान, अन्वेषण गरिएको पाइन्छ । योगको मनोविज्ञानमा सफल, स्वस्थ, उच्च, उत्कृष्ट मस्तिष्कको सूक्ष्म अनुसन्धान गरिन्छ । अझ भनौँ भने त्राटकद्वारा मनको सशक्तीकरण तथा यौगिक सिद्धि प्राप्ति हुन्छ । साथै, कतिपय अविकसित मस्तिष्कको केन्द्रलाई जगाएर मनलाई शक्तिशाली बनाउने काम पनि गर्छ । कुनै पनि पेसाकर्मीलाई यसले सफलताको उच्च स्तरसम्म पुर्याउँछ । एकाग्रता नै त्राटकको सबैभन्दा उच्च तागत र शक्ति हो ।
यसको विधि कुनै पनि सजिलो आसनमा डेढदेखि तीन फिटसम्मको दूरीमा बिन्दु वा कुनै पनि चक्र राख्ने । या दियो बत्ती बालेर त्यसमा एकटक लगाएर आँखा नझिम्क्याई हेरिराख्ने गरिन्छ । प्रारम्भमा एक–दुई मिनेटसम्म मात्र अभ्यास गर्दै बिस्तारैै समय बढाउँदै लैजान सकिन्छ । अन्तमा आँखा बन्द गरी भ्रुमध्य (दुइटा आँखीभौँको बीचको भाग)मा अन्तर त्राटक गरी विसर्जन गर्ने । ज्योति त्राटक गरेको खण्डमा आँखामा पानी छ्याप्ने वा पानीपट्टी लगाउँदा राम्रो हुन्छ ।
यसबाट लाभ त्राटकको अभ्यासबाट हुने सबैभन्दा ठूलो लाभ त एकाग्रता नै हो । साथै, तीक्ष्ण बुद्धि, धैर्य, स्वसम्मोहन (आफैँले आफैँलाई अर्थात् विक्षिप्त मन, रुग्ण मन, कमजोर मनलाई आफैँले शक्ति प्रक्षेपण) गरी परिवर्र्तन र सुधार गरी रोगमुक्त बनाउँछ । आँखाको कतिपय दुर्बलता या रोगलाई पनि सुधार गर्न सकिन्छ । शाम्वभी (आँखाको गेडीलाई केही समय माथि पार्ने विधि) त्राटक विधि पनि नियमित गरेमा आँखाको बनावटलाई ठूलो तथा अति सुन्दर बनाउन सकिन्छ । बेलुका खाना खाइसकेपछि सुत्ने वेलामा केही समय बिन्दु त्राटक गरेमा अनिद्राको समस्या साथै सुन्दर स्वप्न र मिठो निद्रा लगाउन सकिन्छ । त्राटक गर्नेमा लगनशीलता, स्वावलम्बी, प्रतिभाशाली, प्रज्ञावान्, अविचलित, कार्यदक्षता अनि अद्भूत गतिशीलता प्राप्त हुन्छ । साथै, यो क्रिया गर्नेले जीवनमा सफलताको स्वाद चाख्न पाउँछन् । किशोरावस्थाका बालबालिकाले यसको अभ्यास गर्दा उनीहरूले सम्पूर्ण ध्यान पढाइतिर मात्र लगाई प्रतिभावान् बन्न सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण