मोटरसाइकल चोरीबाट कसरी जोगाउने ?
मङ्गलबार, ०८ चैत २०७३, १२ : ३२
विष्णु थापा, ट्राफिक प्रहरी नायब निरीक्षक
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो १० वर्षमा करिब १२ हजार मोटरसाइकल हराएको निवेदन महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता कक्षमा परेको छ । यसरी चोरी भएका सवारीसाधन आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढी हुन्छ । मुलुकी ऐनको चोरीको महल (४) अनुसार धनीको मञ्जुरी नलिई बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।
त्यस्तै, सवारीसाधनको हकमा भन्सार छली आयात गरिएको, नक्कली नम्बर प्लेट राखी चलाइएको, यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाएको, तथा कानुनी रूपमा आयातीत गरी तोकिएको समयावधिपछि कानुनी सर्त उल्लंघन गरी चलेको सवारीसाधनलाई समेत चोरीको मान्न सकिन्छ । यसरी सवारीसाधनको चोरी हुन सक्ने अवस्था आउन नदिन अपनाउनुपर्ने सावधानीबारे ट्राफिक प्रहरी नायब निरीक्षक विष्णु थापाका सुझाब यस्ता छन्ः
सवारीसाधन बढी चोरी हुने कारणमध्ये असुरक्षित पार्किङ, अतिरिक्त लक प्रयोग नगर्नु तथा जुनसुकै साँचोले खुल्ने हुँदासम्म सवारी मर्मत नगर्नु प्रमुख छन् । त्यस्तै, घरमै पार्किङ गर्दा पनि लापरवाही गरेर लामो समयसम्म एकै स्थानमा राख्नाले पनि चोरी हुने गरेको छ ।
कसले गर्छन् चोरी ?
सवारीसाधनको चोरीमा विशेषगरी पेसेवर चोरहरू, गुन्डागर्दीमा संलग्न व्यक्तिहरू, पकेटमार, लुटेरा, लागुऔषधका दुव्र्यसनी, देखासेखी गर्नेहरू, बेरोजगार युवा तथा छोटो समयमा सजिलै धेरै कमाउन चाहनेहरू बढी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाउँछ ।
चोरी गर्ने विधिहरू
विशेषगरी सवारीसाधनको लक तोडेर, डाइरेक्ट स्टार्ट गरेर, मास्टर की प्रयोग गरेर, एकान्तमा लुटेर, गाडीमा लोड गरेर, सवारीसाधन किन्छु भनी अवस्था कस्तो छ हेर्न ट्रायल गर्ने निहुले फरार हुनेजस्ता चोरीका विधि बढी अपनाइन्छ ।
यसरी सवारीसाधनको चोरी गरिसकेपछि नम्बर प्लेट र रङ परिवर्तन गर्ने, सवारीसाधनको पार्टपुर्जा फेरबदल गर्ने, नक्कली कागजात तयार गर्ने, सोझा व्यक्तिहरूलाई प्रभावमा पारी बिक्री वा बन्धक राख्ने, प्रशासनिक पहुँच नगन्य हुने स्थानमा बिक्री गर्ने, टुक्रा पारी पार्टपुर्जा बिक्री गर्ने, वास्तविक मोडेलको चेसिस र इन्जिनको नम्बर भएको भागबाहेक सबै फेरबदल गर्ने, चोरीका मोटरसाइकलमा चेसिस र इन्जिन नम्बर पन्च गरी प्रयोग गर्ने, विनाकागजात विभिन्न बहानामा धितो राख्नेजस्ता कार्य गर्ने गर्दछन् ।
सेकेन्डह्यान्ड किन्दा ख्याल गरौँ
यदि रिकन्डिसन मोटरसाइकल किन्दै हुनुहुन्छ भने हेन्डल लक भा“चिएको र पुनः वाइल्डिङ गरेको, इन्जिन नं., च्यासिस नं. केरमेट गरेको, नम्बर प्लेटमा अर्को (प्लास्टिकको) नम्बर टा“सेको, स्वरूप परिवर्तन गरेको, सवारी दर्ता किताब (ब्लुबुक) साथमा भए-नभएको ख्याल गर्नुपर्छ । त्यस्तै, की–होल, ट्यांकी कभर बिग्रिएको, तार छुटाई डाइरेक्ट स्टार्ट गर्ने बनाइएको छ भने विचार पुर्याउनुपर्छ ।
चोरी हुनबाट जोगाउन
सवारीसाधन पार्किङ गर्दा अतिरिक्त लक प्रयोग गर्ने, अलार्मलगायतका सुरक्षा उपकरण जडान गर्ने, घर कम्पाउन्डमा पार्किङ गर्दा पनि अतिरिक्त लक लगाउन अल्छी नगर्ने जस्ता सामान्य उपाय अपनाउँदा मोटरसाइकल चोरी हुनबाट जोगाउन सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण