बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जिब्रो पोल्यो ? यसो गर्नुहोस्

शुक्रबार, ११ चैत २०७३, ११ : ५०
शुक्रबार, ११ चैत २०७३
कहिलेकाहीँ आफ्नो गल्तीले चिया, कफी पिउँदा या तातो खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खाँदा पनि अप्ठ्यारो हुन्छ । खानेकुराको स्वाद पनि थाहा पाउन मुस्किल हुन्छ । यसरी जिब्रो जलेको समयमा केही घरेलु उपाय अपनाउँदा शान्त बनाउन सकिन्छ । बेकिङ सोडा बेकिङ सोडा छारीय प्रकृतिको हुने हँुदा जलेको वेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो जल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ । आइस क्युब यदि जिब्रो पोल्यो भने मुखमा आइस क्युब लगाएर केही बेर चुस्ने । तर, आइस क्युब लगाउनुपहिले त्यसलाई झोल बनाउनुपर्छ । जमेकै अवस्थामा भए त्यसले जिब्रोको बाहिरी भागलाई असर पु¥याउन पनि सक्छ । चुइगम पेपरमेन्ट चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ । एलोभेरा जेल एलोभेरा यस्तो जडीबुटी हो, जसले जुनसुकै जलेको ठाउ“मा पनि पीडा कम गराउन राम्रो हुन्छ । जिब्रोमा यसलाई आइस क्युबस“ग मिलाएर लगाउ“दा पनि राम्रो हुन्छ । दही जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रदान गर्नुका साथै आराम पनि दिन्छ । यसका साथै एक गिलास चिसो दूध पनि पिउन सकिन्छ । मह एक चम्चा मह जिब्रोमा राख्ने । मह एक प्रकारको प्राकृतिक औषधि हो । यसले पोलेको जिब्रोमा दुखाइ कम गर्न मद्दत गर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप