विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षय रोगीको पहिचान, लुकेर बसेकाको उपचारमा चुनौति
काठमाडौ, चैत ११ – नेपालमा ३२ हजार भन्दा बढि क्षय रोगी भएको पाइएको छ । त्यसमध्ये दश हजारको हाराहारीका क्षयरोगी लुकेर बसेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । सरोकारवालाहरुले लुकेर बसेका क्षय रोगीहरुको उपचार गर्नु मुख्य चुनौती रहेको बताएका छन् । विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रले भक्तपुरमा आज गरेको कार्यक्रममा क्षयरोग अन्त्यका लागि सबैलाई संगठित हुन आह्वान गरिएको छ । कार्यक्रममा बोल्दै चिकित्सकहरुले लुकेर बसेका क्षयरोगीहरुको उपचार चुनौतिको रुपमा रहेको भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताएका छन् । वरिष्ठ चिकित्सक मोहनकुमार प्रसाईँले नेपालमा करिव १० हजारको हाराहारीमा क्षयरोगीहरु लुकेर बसेको तथ्यांक प्रस्तुत गर्दै उनीहरुलाई ल्याएर उपचार गर्नु मुख्य चुनौति रहेको स्पष्ट पारेका थिए ।
नेपालमा कति छन् क्षय रोगी ?
स्वास्थ्य मन्त्रालयले क्षयरोग नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै यसको औषधि उपचारमा पनि भारी सहुलियतको व्यवस्था गरेको छ । नेपालमा हाल ३२ हजार ५६ जना क्षयरोगीको पहिचान गरिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।
चिकित्सकहरुले बहुऔषधि प्रतिरोधात्मक क्षयरोगीको संख्या २५ सय रहेको पनि जनाएका छन । चिकित्सकहरुले दुई हप्ता भन्दा बढि लगातार खोकी लाग्नुलाई क्षयरोगको संक्रमणको रुपमा लिँदै त्यस्ता बिरामीहरुलाई तत्काल क्षयरोग केन्द्रमा सम्पर्क राख्न पनि आग्रह गरेका छन ।
क्षय रोगको लक्षण
चिकित्सकहरुका अनुसार क्षयरोग भएको व्यक्तिलाई लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाति दुख्ने, ज्वरो आउने, रातिमा पसिना आउने, तौल कम हुँदै जाने, थकाई लाग्ने जस्ता समस्या देखिन्छ । त्यस्तो बेला तत्काल परिक्षण गराएर औषधि उपचार गरे रोगबाट जोगिन सकिने चिकित्सकहरुले बताएका छन ।
औषधी नियमित सेवन आवश्यक
औषधिको नियमित सेवन गर्न छाडे कडा खालको संक्रमण हुने र ज्यानै जान सक्ने भएकाले औषधिको नियमित सेवन गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिँदै आएका छन । नेपालमा सन १९९६ देखि क्षयरोेगीको पहिचान गरी उपचार गर्ने काम सुरु गरिएको छ । हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले क्षयरोगको निदानका लागि उच्च प्राथमिकता दिएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘क्षयरोग अन्त्यका लागि सबै संगठित होऔंः सबैलाई सँगसँगै लैजाऔं’भन्ने तय गरिएको छ । स्वास्थ्य मन्त्रालयले समयमै उपचार गरे निको हुन्छ भन्दै क्षयरोगको रोगथाम अभियानमा सहभागी हुन सबैमा आह्वान पनि गरेको छ । विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ । हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण