बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जान्नुहोस्, पफ्र्युम प्रयोगको सही तरिका

बुधबार, १६ चैत २०७३, १० : ५८
बुधबार, १६ चैत २०७३
सुमित्रा रञ्जित, प्रो. ब्युटी सेक्रेट, न्युरोड पफ्र्युम छालामा सकेसम्म नछर्किनुहोस् । केमिकलयुक्त हुने भएकाले कतिपयको छालामा सीधै पफ्र्युम पर्दा एलर्जी पनि हुन सक्छ । शरीरमा छर्किन बडी स्प्रे प्रयोग गर्न सकिन्छ । पफ्र्युम कपडामा छर्किनुहोस् । कलर, बाहुला, काखीको भागमा छर्किनु प्रभावकारी हुन्छ । पफ्र्युम किन्दा त्यसमा केमिकलप्रति ध्यान दिँदा राम्रो हुन्छ । ब्रान्डेड किन्नुहोस् । सस्तोमा पाइयो भन्दैमा जुन पायो त्यही नरोज्नुहोस् । पफ्र्युम साना बच्चाबच्चीलाई सकेसम्म प्रयोग नगर्नुहोस् । यसको गन्धले साना बच्चाबच्चीलाई असर गर्न सक्छ । धेरै ब्रान्डका पफ्र्युममा केमिकल प्रयोग हुने भएकाले बच्चाबच्चीलाई असर गर्न सक्छ । कमलो छालाले कडा केमिकल एडजस्ट नगर्न सक्छ । पफ्र्युम प्रयोग गर्दा शरीरमा पहिरिएको सुनचाँदीलगायत धातुका गहनामा नपार्नुहोस् । यसमा प्रयोग गरिएको केमिकलले गहनाको कलर खुइल्याइदिन सक्छ । यसले गहनाको वास्तविक सुन्दरता हराउँछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप