यी हुन् सवारीचालकले बढी गर्ने सामान्य गल्ती
बुधबार, १६ चैत २०७३, ११ : १५
शिव श्रेष्ठ
प्रशिक्षक, कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ इन्स्टिच्युट
अहिले धेरै सवारीचालकहरूले ट्राफिक नियम पालना नगरेकै कारण दिनहुँ दुर्घटना हुने तथा सवारी जाम हुने हुन्छ । त्यस्तै, सामान्य जानकारी पनि नभई सवारी चलाउँदा जरिवाना तिर्नुपर्ने तथा अन्य कारबाही भोगेर सही गन्तव्यमा सही समयमा पुग्न सकिरहेका हुँदैनन् ।
सडकको मध्यभागमा कोरिएको
अविछिन्न रेखाले सो रेखा छुन नमिल्ने भनी जनाउँछ । अझै भन्नुपर्दा सो लाइनलाई साइलेन्ट वाल पनि भनिन्छ । कतिपय सवारीचालकहरू हतारमा सो लाइनको वास्ता नगरी ओभरटेक गर्दा ट्राफिकको फन्दामा परिरहेको दिनहुँ देखिन्छ । सो छुनै नुहने लाइन क्रस गर्नु नै गल्ती हो । यसले विपरीत दिशाबाट आएको गाडीसँग ठक्कर खाने तथा ठूलै दुर्घटना निम्त्याउन सक्छ ।
सडक विभागका
इन्जिनियरले मापदण्डभन्दा साना सडकमा पनि बेरियर लाइन राखिदिएका हुन्छन् । जस्तै, कीर्तिपुरको त्रिवि गेटदेखि नयाँ बजार गेटसम्म नै मापदण्डविपरीत अविछिन्न रेखा राखिएको छ । सानो सडकमा यस्तो रेखा हुँदा ट्राफिक जाम बढी हुने तथा नीतिनियमको पालना हुने सम्भावना पनि कम हुन्छ ।
सडकको किनारमा कोरिएको पहेँलो अविछिन्न रेखाले नो पार्किङ भन्ने जनाउँछ । तर, नेपालमा अहिले यस्तो रेखा भएको स्थानमा पार्किङ गर्नुपर्छ भन्ने चलन छ । यो अन्तर्राष्ट्रिय नियमअनुसार गलत हो । यस्तो स्थानमा पिक एन्ड ड्रप मात्र गर्न मिल्छ । लामो समय रोकेर राख्न मिल्दैन ।
सडकमा सवारी चलाउने क्रममा पछाडिको गाडीलाई साइड दिँदा दायाँ साइडको इन्डिकेटर बाल्ने चलन छ । यो चलन पनि त्रुटिपूर्ण छ । किनकि दायाँ साइडको लाइट बाल्दा पछाडिको सवारीले अगाडि गाडी दायाँ साइडतिर जाँदै छ भन्ने पनि बुझिन्छ । अतः साइड दिने हो भने हामीले जहिले पनि बायाँसाइडको लाइट बाल्ने र बिस्तारै बायाँ साइड च्यापेर सकिन्छ भने हातको इसाराबाट अगाडि बढ्न संकेत गर्न सकिन्छ ।
रोकेर राखेको सवारी अगाडि बढाउने क्रममा जहिले पनि दायाँ साइडको साइडलाइट बालेर लुकिङ ग्लास हेर्दै बिस्तारै अगाडि बढाउनुपर्छ । तर, यस्तो गर्ने सवारीचालक धेरै कम देखिन्छन् । यसो नगर्दा दुर्घटना हुने सम्भावना बढ्छ ।
सडकको बीच भागमा दुईवटा अविछिन्न रेखा कोरिएको हुन्छ । अत्यन्त संवेदनशील स्थानमा यस्तो रेखा कोरिएको हुन्छ । यस्तो रेखा भएको दुवैतर्फ तीव्र गतिमा सवारी कुदिरहेका हुन्छन् । त्यसैले यस्तो स्थानमा झुक्किएर पनि रेखा छुनु या पार गर्नु हुँदैन । सामान्य मात्र गल्तीले पनि भयावह अवस्था आउन सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण