महानगरका प्रत्येक बस्ती समेट्ने योजना
शनिबार, २३ वैशाख २०७४, ०९ : ३४
पोखरा, २३ वैशाख - नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका उम्मेदवार रामजी कुँवरले महानगरका प्रत्येक बस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरपालिका–१९ लामाचौरमा शुक्रबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले समृद्ध पोखरा निर्माण आफ्नो मुख्य उद्देश्य भएको र महानगरका कुना कुनामा रहेका बस्ती समेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव हुने उल्लेख गरे ।
महानगरभित्रका खानेपानी, सरसफाइ, बाटोघाटोलगायत समस्या समाधान गर्दै पोखरालाई अन्तर्राष्ट्रियस्तरको नमुना सहरका रुपमा विकास गर्ने सोचका साथ नै आफू प्रमुखको उम्मेदवार भएको उनले स्पष्ट पारे ।
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेससहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दलले महानगरभित्र आफ्नो चुनाव प्रचारप्रसार कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएका छन् ।
मतदान अधिकृतका लागि तालिम
आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि शुक्रबारदेखि यहाँ मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीको आयोजना भएको दुईदिने तालिममा २८८÷२८८ मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता छ ।
महानगरपालिका र चार गाउँ नगरपालिकाका लागि एक हजार पाँच सय कर्मचारी खटाइने क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए । ती स्थानीय तहमा एक सय ५० मतदानस्थल र दुई सय ८८ मतदान केन्द्र तोकिएको छ । वैशाख २७ गते मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गरिने भएकाले निर्वाचनमा खटिने सबै कर्मचारी वैशाख २६ गते नै सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण