शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिआइएले किम जोंग उनको हत्याको षड्यन्त्र रचिरहेको छ’

शनिबार, २३ वैशाख २०७४, ०९ : ४१
शनिबार, २३ वैशाख २०७४

बीबीसी

बैशाख २३ – उत्तर कोरियाले अमेरिकी गुप्तचर एजेन्सी सिआइएमाथि उत्तर कोरियाली नेता किम जोंग उनको हत्यको षड्यन्त्र रचेको आरोप लगाएको छ ।

उत्तर कोरियाले सिआइए बायोकेमिकल अर्थात् रासायनिक पदार्थमार्फत किम जोंग उनको हत्या गर्ने षड्यन्त्र रचिरहेको दाबी गरेको छ ।

उत्तर कोरियामा सरकारको तर्फबाट संचालित मिडियाको रिपोर्ट अनुसार अमेरिकी र दक्षिण कोरियाली एजेन्ट किम जोंग उनको हत्याको ग्रान्ड डिजाइन गरिरहेको छ ।

सुरक्षा मन्त्रालयको एक बयान अनुसार सिआईए र दक्षिण कोरियाका समर्थकहरुको एक चरमपन्थी संगठन जैिवक रासायनिक पदार्थबाट हमला गर्नका लागि उत्तर कोरियामा प्रवेश गरिसकेको छ ।

उक्त बयानमा उत्तर कोरियाले ती चरमपन्थीलाई खोजीखोजी निकै निर्दयीपूर्वक हत्या गर्ने पनि चेतावनी दिएको छ ।

यस्तै, उत्तर कोरियाको समाचार एजेन्सी किसिएनएका अनुसार उक्त कथित षड्यन्त्रमा जैविक रासायनिक पदार्थमा रेडियोधर्मी पदार्थ र न्यानो पदार्थको पनि प्रयोग गरिएको छ ।

साथै किम जोंग उनलाई सैन्य परेड र सार्वजनिक कार्यक्रममा निशाना पनि बनाइने सक्ने भन्दै आशंका व्यक्त गरेको छ ।

तनाव यथावतः

यसै बिच उत्तर कोरियाले छैठौं परमाणु परिक्षणको धम्की पछि अमेरिका र उत्तर कोरियाबिच शीतयुद्ध तीव्र भएको छ ।

उत्तर कोरियासँग बढिरहेको तनावका बिच अमेरिकी सेनाले आफ्नो विवादित थाड मिसाइल डिफेन्स सिस्टमलाई दक्षिण कोरियामा तैनाथ गरेको छ ।

अमेरिकाका अनुसार यो डिफेन्स सिस्टम उत्तर कोरियाको मिसाइललाई रोक्न सक्षम रहनेछ ।

पछिल्ला केही महिनामा उत्तर कोरिया लगातार परमाणु हमलाको चेतावनी दिँदै आएको छ र अमेरिका आफ्नो युद्धपोत र पनडुब्बी पनि उक्त क्षेत्रमा तैनाथ गरेको छ ।

यद्यपी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो पनि भनिसकेका छन् कि उनी उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनलाई ‘ठिक परिस्थिती’ मा भेट्न पाउँदा गर्वको महसुस गर्नछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप