चन्दननाथमा दलित महिला निर्विरोध
शनिबार, २३ वैशाख २०७४, १० : ०५
जुम्ला, २३ वैशाख - चन्दननाथ नगरपालिकामा ‘प्रमुखका उम्मेदवारसँग नगरवासी’ विषयमा शुक्रबार भएको अन्तक्र्रियामा तीन उम्मेदवारले नगरपालिकालाई हिमाली जिल्लाको नमुना सहर बनाउने, पर्यटकीयस्थलमा केबलकार राख्ने, कृषि क्रान्ति गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन, जुम्लाले आयोजना गरेको बहसमा नगरवासीले प्रमुखका उम्मेदवारलाई तपाईंलाई हाम्रो भोट किन भन्ने प्रश्न राखेका थिए ।
नेकपा(माओवादी केन्द्र)बाट प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले ‘हाम्रो नगर, हिमाली नमुना सहर’ नाराअन्तर्गत दुई वर्षभित्र नगर पर्यटक चक्रपथ, सामुदायिक पुस्तकालय, मनोरञ्जन उद्यान, उज्यालो नगर, नगर आर्थिक विशेष कोष, ठिन्के र जुगाडखोला सरसफाइ व्यवस्थापन, रारा जोड्ने सडक, राष्ट्रियस्तरको रङ्गशाला, नगरपालिकामा एक घर एक धारो र एक घर एक चर्पी, शुद्ध पिउने पानी, पर्यटकीय केन्द्र र नगर तथा खस सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको जानकारी दिए ।
त्यस्तै राप्रपाबाट उपप्रमुखका उम्मेदवार मनसुर सुनारले ‘विभेदमुक्त समाज, गरिब उत्थान कार्यक्रम’को नाराअन्तर्गत जुम्लाको पर्यटकीय क्षेत्र ठाकुरज्यू विष्टज्यू मालिका जोड्न केबुलकारको पहल गर्ने, भ्रष्ट्राचारमुक्त समाज निर्माणमा लाग्ने र सफा नगर बनाउने योजना रहेको बताए । उनले युवालाई स्वरोजगार गराउने कार्यक्रम पनि अघि बढाइने बताए ।
प्रमुखका लागि नयाँ शक्ति पार्टीका उम्मेदवार दानबहादुर महतले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण गरिने योजना सुनाउँदै भ्रष्टाचार र अनियमिततालाई चिर्ने अभियानलाई प्रमुखका साथ लैजाने भनाइ राखे ।
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले नगर र गाउँपालिकाको विकास गर्न प्रमुख-अध्यक्षले दूरगामी सोच र योजना निर्माण गर्नुपर्ने बताए । “नेतृत्वको व्यक्तित्व, इच्छा शक्ति र क्षमताले कुनै पनि समाज, क्षेत्र र राष्ट्र कायापलट हुन सक्छ, त्यसका लागि नेतृत्व सिर्जनशील हुन जरुरी छ”, उनले भने । अन्तक्र्रियामा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार कान्तिका सेजुवाल र नेकपा (एमाले)का शान्तिलाल उपस्थिति थिएन ।
दलित महिला निर्विरोध निर्वाचित
चन्दननाथ नगरपालिका–२ का दलित महिला सदस्य विष्णुमाया कामी निर्विरोध निर्वाचित भएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले दलित सदस्य कामीलाई शुक्रबार सो घोषणा गरेको हो । उहाँलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले खादा र अबीर लगाएर बधाई दिए । कार्यालयले शुक्रबार नै १७ स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण