शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनमा पेट्रोल बम भेटियो : उम्मेदवार दाहालको मामाघरमा राखिएको गाडी तोडफोड

शनिबार, २३ वैशाख २०७४, १० : ११
शनिबार, २३ वैशाख २०७४
चितवन, २३ वैशाख - भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिए । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप