भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
शनिबार, २३ वैशाख २०७४, ११ : ०६
कपिलवस्तु वैशाख २३-कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ३ जमुवारटोलमा शुक्रवार साँझ भारतीय गाडीको ठक्करवाट एक साइकलयात्रीको मृत्यु भएको छ । तौलिहवा-भैरहवा सडकखण्ड अन्र्तगत जमुवारटोल नजिक युपि टी ५४०५ नम्बरको डिसियम जिपले ठक्कर दिदा हथिहवा गाविस वडा नं.८ सिवबोल बस्ने वर्ष ५० का ठगे पथ्थरकटको मृत्यु भएको हो । गाडिको ठक्करबाट गंभिर घाइते भएका पथ्थरकटलाई उपचारका लागी जिल्ला अस्पताल तौलिहवामा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए । मृतकको शब पोष्टमार्टम पश्र्रात परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण