शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

०१७ सालमा राजतन्त्र बिरुद्ध पहिलो पटक सडकमा आएका मार्सल जुलुमको निधन

शनिबार, २३ वैशाख २०७४, ११ : २४
शनिबार, २३ वैशाख २०७४

काठमाडौँ, २३ वैशाख - नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८.४५ बजे निधन भएको छ ।

ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिए ।

प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उनको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ ।

शाक्य नेबिसंघको संस्थापक नेता हुन् भने २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरे पछी पहिलोपटक सडकमा उत्रिएर राजाको कदमको बिरोध गरेका गरेका थिए ।

 विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रदा जेल परेका थिए । सोही समयदेखि उनी मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित थिए ।

२०४६ सालको जनआन्दोलन पछि भने उनी नेपाली कांग्रेसको काठमाडौ उपत्यका कमाण्डर बनेका थिए । यस्तै २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा आवास तथा भौतिक निर्माण र आपूर्ती तथा बाणिज्य मन्त्री भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप