चुनावविरोधी गतिविधि बढेपछि यस्तो आयो विप्लव नेतृत्व पार्टीको प्रतिक्रिया
शनिबार, २३ वैशाख २०७४, ११ : ४१
बैशाख २३, काठमाडौं– पछिल्लो पटक बढेका चुनाव विरोधी गतिविधिमाथि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिक्रिया आएको छ ।
रातोपाटीसँगको कुराकानीमा नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले आफुहरु अप्रिय घटना नहोउन भन्नेमा सचेत रहेको बताएका छन् । उनले पछिल्लो तनाव र अप्रिय घटनामा राज्य र राजनीति दल जिम्मेवार रहेको आरोप लगाए ।
उनले भनेका छन्,
–चुनावमा कुनै अप्रिय घटना नहोउन भन्नेमा हामी सचेत छौँ ।
–तर, दल र राज्य संयन्त्रको समस्याले तनाव र अप्रिय घटना भएका छन् ।
–हामीले जनतालाई नो भोटको अपिल गरेका छौँ ।
–हाम्रो अपिल र अनरोध गर्ने अधिकार खोसिएको छ ।
–राज्यले यस्तो अनुरोध गर्न नदिने नीति लिएको छ ।
–सेना परिचालन गरिएको छ ।
–पैसाको खोला बगाइएको छ ।
–यो राज्य र दलहरुको आतकति मानसिकताको उपज हो ।
–हामीले लोकतान्त्रिक अधिकारको प्रयोग गरेका छौँ ।
–जनता चुनावकोपक्षमा भए सेना परिचालन किन गरेको भन्ने हाम्रो प्रश्न हो ।
–संसदीय अभ्यासको चुनावले निकास दिँदैन ।
–हामीलाई शान्तिपूर्ण सभा गर्न नदिने नीति लिइएको छ ।
–गाँउमा बस्न नदिने नीति लिएका छन् । घरमा पनि बस्न दिएका छैनन् ।
–अव के हुन्छ भन्ने वाँकी कुरा राज्यले लिने नीतिमा भर पर्छ ।
–हाम्रो प्रहरी सेनासँग हाम्रो लडाई छैन । संसदवादी राज्यसँगको लडाई हो ।
–कालीकोटको घटना अप्रिय छ । यद्यपी महिलाले आफ्नो अधिकार प्रयोग गरेका छन् ।
कहाँ कहाँ भए चुनाव विरोधी गतिविधि ? पढ्नुहोस् : किन अचानक बढे चुनाव विरोधी गतिविधि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण