बागलुङ : निर्वाचनमा बलियो सुरक्षा व्यवस्था
बागलुङ, २३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ । स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीति तय गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।
जिल्लामा कुनै किसिमको सुरक्षा चुनौती नरहेको उनको भनाइ छ ।
“निर्वाचनमा अपुग जनशक्ति बाहिरबाट समेत ल्याएर सुरक्षा व्यवस्था कडा पारिएको छ,” उनले भने । जिल्लाका एक सय तीनवटै मतदानस्थलमा तीन तहको सुरक्षा घेरा रहने छ ।
मतदानस्थलको भित्री सुरक्षा जनपद प्रहरीले गर्नेछ भने बाहिर सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना परिचालित गरिने बताए ।
मतदानस्थलको सुरक्षामा म्यादी प्रहरी र स्वयम्सेवकलाई समेत खटाइने छ । संवेदनशील र अतिसंवेदनशील क्षेत्र किटान गरेर सुरक्षा प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक चन्द्रकँुवर खापुङले बताए ।
उनले असन्तुष्ट पक्षले निर्वाचन विरोधी गतिविधि गरेमा त्यसलाई निस्तेज पारिने बताए । “ठूलो सुरक्षा चुनौती केही छैन, हामी सचेत र चनाखो छौँ,” उनले भने ।
मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराखिने उनले भने । बिहीबारदेखि जिल्लाका दसवटै स्थानीय तहलाई केन्द्रित गरी शसत्र प्रहरीको ‘मोबाइल टोली’ परिचालन गरिएको छ ।
सडक सुविधा नपुगेको ठाउँमा पैदलै हिँडेर सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएको उपरीक्षक खापुङले बताए । प्रजिअ पाण्डेयले निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको बताए ।
आचारसंहिता विपरीत हुने जुनसुकै क्रियाकलापलाई रोक्ने बताए ।
“चर्को आवाजमा गीत बजाउँदै निर्वाचनको प्रचार गर्ने कार्य शुक्रबारदेखि नै बन्द गराएकमा छौँ,” उनले भने । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा गरी एकसय ३ मतदानस्थल र एक सय ९२ मतदान केन्द्र रहेका छन् । निर्वाचनबाट सबै स्थानीय तहमा गरी कुल चार सय ६९ जना उम्मेदवार निर्वाचित हुनेछन् ।
जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ५६ हजार ८ सय २ रहेको छ । महिला मतदाताको सङ्ख्या ८२ हजार ८३९ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ७२ हजार ९६३ रहेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण