करेन्ट लागेर एकको मृत्यु
सिन्धुली, २३ वैशाख । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारीदिए । पैदल हिँड्ने क्रममा श्रेष्ठले अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । प्रहरीकाअनुसार हावाहुरीका कारण बिजुलीको तार भुइँमा लत्रेको र त्यही नाङ्गो तारमा छुँदा श्रेष्ठको मृत्यु भएको हो । यता नेपाल विद्युत् प्राधिकरणले ग्रामीण क्षेत्रमा वितरण गरेको विद्युतिकरण जोखिम बन्दै गएको छ । स्थानीय पोलको प्रयोग, विद्युत् पोलको समयमा नै मर्मत नगर्दा ग्रामीण विद्युतिकरण जोखिम बन्दै गएको छ । सिन्धुलीका ग्रामीण क्षेत्रमा वितरण गरिएका अधिकांश स्थानमा प्राधिकरणले लापरबाही तवरले विद्युत् विस्तार गरेको छ । स्थानीयवासीले विद्युत् पोल मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउँदा समेत प्राधिकरणले बेवास्ता गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण