शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेयरका उम्मेदवार कट्टेलको घरदैलो अभियान सुरु

शनिबार, २३ वैशाख २०७४, ०९ : ३९
शनिबार, २३ वैशाख २०७४
ललितपु, बैशाख २३–महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदार शिव कट्टेलले उम्मेदारी दर्तासंगै घर दैलो कार्यक्रम सुरु गरेका छन् । कट्टेलले आफु इमानदारीका साथ जनताको सेवा गर्ने बताए । हिजो माओवादी जनयुद्धबाट यो देशको राज्यसत्ता परिवर्तन गर्न हिँड्दा नै गणतन्त्र आएको र अब बिकास पनि माओवादीले नै गर्ने उनले बताए । घर दैलो कार्यक्रममा जनताले गरेको स्वागतले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । यस्तै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारले पनि घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप