निर्वाचन आयोगले २ सय ८३ स्थानीय तहमा पठायो सबै निर्वाचन सामग्री
काठमाडौं, बैशाख २३–निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि ३ प्रदेश अन्र्तगत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा सम्र्पूण निर्वाचन सामग्री पठाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३ प्रदेशका सम्पूर्ण जिल्ला निर्वाचन कार्यालय र कतिपय स्थानीय तहका कार्यालयहरुमा निर्वाचन सामग्री पठाईएको जानकारी दिए । आयोगले पहिलो चरणको निर्वाचनका लागि झन्डै ५० लाखको हाराहारीमा मतपत्र पठाएको छ । यस्तै ८० लिटर र ४० लिटर क्षमताका मतपेटिका पनि पठाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सम्बन्धित स्थानमा पठाइएको प्रवक्ता शर्माले बताए ।
२ सय ८३ स्थानीय तहमा हुन लागेको पहिलो चरणको निर्वाचनका लागि आयोगले उम्मेद्धवारहरुको मनोनयन दर्ताका साथै स्वतन्त्र उम्मेद्धवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरिसकेको छ । निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सहायक अधिकृतको तालिम कार्यक्रम पनि अन्तिम चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण