शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता रमेश महतको पानी फ्याक्ट्रीमा अज्ञात समुहद्वारा आगजनी

सोमबार, २५ वैशाख २०७४, ११ : ३७
सोमबार, २५ वैशाख २०७४

वैशाख २५, काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश महतको काठमाडौं महाराजगञ्ज स्थित पानी उद्योगमा अज्ञात समुहले आगजनी गरेको छ ।

पानी फ्याक्ट्रिमा पेट्रोल छर्केर आगजनी गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।

सोमबार विहान करिब सवा ५ बजे अज्ञात समुहले आगजनी गर्दा बा ६ च ११७२ नम्बरको कारमा आंशिक क्षति पुगेको छ ।

महाराजगञ्जको स्पेशल चोकमा रहेको शिवपुरी ड्रिङकिङ्ग वाटर उद्योगमा पार्किङ गरिराखेको एक मोटरसाईकल पनि जलेको प्रहरीले जनाएको छ ।

महत नेपाली कांग्रेस नुवाकोटका नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप