शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गच्छदारलाई आजै सरकारमा सहभागी गराउने तयारी

सोमबार, २५ वैशाख २०७४, ११ : ५०
सोमबार, २५ वैशाख २०७४

काठमाडौँ, वैशाख २५ – नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा आजै सहभागी हुने तयारी भएको छ ।

फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग आज छलफल गरी गच्छदारले अहिले पार्टीको बैठक बोलाएका छन् । त्यही बैठकपछि उनको सपथग्रहण आज हुने वा नहुने टुंगो लाग्ने छ ।

गच्छदारले यसअघि विभिन्न चरणमा प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी गरेका थिए ।

केही दिनअघि पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच कुराकानी भएको थियो ।

यही वैठकमा सरकारमा सहभागी हुने विषयमा सहमति बनेको स्रोतको दावी छ ।

गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थानीय विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप