पूर्वका ७ जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति
काठमाडौं, वैशाख २५ – उन्नति प्रोजेक्ट र १० वटा बैंक तथा वित्तीय संस्थाबीच नेपालको पूर्वी पहाडी क्षेत्रका ७ जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
सोमवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
उद्यमशीलता विकास तथा साना किसानलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम थालिएको उन्नति प्रोजेक्टले जनाएको छ ।
सम्झैता अनुसार इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने छन् ।
यस कार्यक्रममा सहकार्य गर्ने बैंक तथा वित्तिय संस्थाहरुमा प्रभु बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, आईएमई, छिमेक लघुवित्त, सहारा सहकारी, जीवन विकास वित्तीय संस्था, एनएमबी माइक्रो फाइनान्स र फरवार्ड माइक्रो फाइनान्स रहेका छन् ।
कार्यक्रमका लागि डेनमार्क सरकारको आर्थिक एवम् संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (यूएनसीडीएफ)को प्राविधिक सहयोग रहेको छ । कार्यक्रम कार्यान्वयनमा भने नेपाल राष्ट्र बैङ्कको सहयोग रहेको छ ।
जिल्लाहरुमा वित्तीय सेवामा पहुँच पुर्याउनका लागि उन्नति प्रोजेक्टले तोकिएका बैङ्कहरूलाई १८ लाख डलर सहयोग गर्नेछ । कार्यक्रमका लागि बैङ्क तथा वित्तीय संस्थाले पाउने आर्थिक सहयोगबाहेक ४० देखि ६० प्रतिशतसम्म आफैले पनि लगानी तथा योगदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार तोकिएका बैङ्क तथा वित्तीय संस्थाले गर्ने सहयोग विशेष गरेर समावेशी तथा साना किसानलाई प्रोत्साहन गर्न र महिला उद्यमशीलता बढाउनमा केन्द्रित रहने छ ।
उन्नति प्रोजेक्टले ग्रामीण क्षेत्रका करीब २ लाख ५० हजार किसानमा वित्तीय सेवा र पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण