शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार महासंघ ललितपुरका संस्थापक अध्यक्ष शाक्यको निधन

मङ्गलबार, २६ वैशाख २०७४, २० : ३८
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६ – पत्रकार महासंघ ललितपुर शाखाका संस्थापक अध्यक्ष धर्मरत्न शाक्यको आज निधन भएको छ । ८६ वर्षका उम्मेरमा पनि उनी पत्रकारिताको क्षेत्रमा क्रियाशिल थिए । विजुलीको विल तिरेर फर्कने क्रममा शाक्यको मंलवार दिउँसो चिया खानेक्रममा बेहोेस भई मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । घरमै एक्कासी बेहोस भएपछि उनप् अस्पताल लाने क्रममा निधन भएको परिवारले जानकारी दिए । शाक्यको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजे शंखमुल घाटमा दाहसंकार गरिने पत्रकार महासघं ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले बताए । पाटनमा वि. स. १९८८ मा जन्मिएका शाक्य वि.स. २०४९ साल असोजमा पत्रकार महासंघ ललितपुरको आयोजक समितिको संयोजक हुन पुगेका थिए । उक्त साल नै फागुन १ गते भएको अधिवेसनमा र्निविरोध अध्यक्षको रुपमा शाक्य निर्वाचित भएका थिए । नेवारी भाषाको राजमति साप्ताहिक पत्रिकाको शाक्यले सम्पादन एवं प्रकाशन गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप