शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कसले गर्यो नवलपरासीमा राप्रपाको चुनावी गाडीमा आगजनी

मङ्गलबार, २६ वैशाख २०७४, २० : ५४
मङ्गलबार, २६ वैशाख २०७४
  परासी, बैशाख २६ – नवलपरासीमा राप्रपाले चुनाव प्रचार प्रसार गर्न प्रयोग गरेको एक गाडीमा आज्ञात समुहद्धारा आगजनि भएको छ । कावासोती १४ को राप्रपाका वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गरेको बा १३ च ७१५० गाडीमा आज विहान ३ बजे आज्ञात समुहद्धारा आगजनी भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका गाडी साहुँ शंकर ढकालको घरमा राखिएको टाटासुमो गाडीमा आज्ञात समुहद्धारा आगजनी भएको हो । ढकालले उक्त गाडी राप्रपाका वडा अध्यक्ष बराललाई चुनाव प्रचार प्रसार गर्न दिनु भएको थियो । आगोले गाडीको ईन्जन जलेको छ । प्रहरीले आगजनी गर्ने समुहको खाजी कार्य जारी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप