दश दिनमा २३ निर्वाचन आचारसंहिता उल्लङ्घन
मङ्गलबार, २६ वैशाख २०७४, २१ : १२
काठमाडौँ, वैशाख २६ – प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ गतेसम्म अनुगमन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
काउन्सिलका अनुसार केही साप्ताहिक पत्रिका र केही अनलाइन समाचार प्रोटलले आचारसंहिता उल्लङ्घन गर्दै आफू निकटका दलको पक्षमा प्रचारप्रसार गरेका छन् । ‘स्थानीय निर्वाचनमा भोट माग्न आए कान काट्ने’ भन्ने जस्ता नकारात्मक प्रवृत्तिको समाचारदेखि काठमाडौँ महानगरका मतदातालाई कसलाई भोट दिनहुन्छ भन्ने मतदाताको उत्तरसम्मका विषयमा एकपक्षीयरुपमा समाचार सम्प्रेषण गरिएको काउन्सिलले जनाएको छ ।
यस्तै मत परिणामको विषयमा समेत कही अनलाइनमा समाचार सार्वजनिक भएको भन्दै काउन्सिलले दल विशेषको पक्षमा प्रचार गर्दा अरू राजनीतिक दललाई गाली गर्ने र होच्याउने गरिएको समेत पाइएको उल्लेख छ ।
यस्तै सामाजिक सञ्जालमा पनि निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रचारप्रसार गरिएको काउन्सिलले जनाएको छ । यस्तै दमौली एफएम र एभिन्यूज टेलिभिजनले पनि निर्वाचन आचारसंहिता विपरीतको सामग्री प्रसारण गरेको अनुगमनका क्रममा देखिएको छ ।
काउन्सिलले २५ सञ्चारमाध्यममा ३१ सामग्री र सामाजिक सञ्जालमा दुईवटा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आवश्यक सचेतता अपनाउन भनेको छ ।
काउन्सिलका कायमुकायम अध्यक्ष किशोर श्रेष्ठले निर्वाचनको संवेदनशीलतालाई ख्याल गरेर प्रेस स्वतन्त्रताको उपयोग गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन गर्ने र स्थानीय निकाय गठन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको यस घडीमा निर्वाचन आचारसंहितालाई पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको प्रमुख कर्तव्य रहेको धारणा राखे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण