शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

दिक्तेल–जयराम सडक छिटो र गुणस्तरीय बनाउन निर्देशन

मङ्गलबार, २६ वैशाख २०७४, २१ : ०८
मङ्गलबार, २६ वैशाख २०७४
रामधन बेदना खोटाङ, बैशाख २६– मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी र हलेसी–जयराम सडक कालोपत्रेको कामलाई छिटो र गुणस्तरीय बनाउन ठेकेदारलाई निर्देशन दिइएको छ । काममा ढिलाईका साथै अत्यन्त गुणस्तरहीन काम भएको व्यापक जनगुनासोपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको सर्वदलीय अनुगमनका क्रममा प्रशासनले सम्बद्ध ठेकेदारलाई छिटो र गुणस्तरयुक्त काम गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–बिजुले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लुम्बिनी कन्काई सूर्य कन्ट्रक्सन, बिजुले–हुर्लुङ १२ किलोमिटर कालोपत्रेको जिम्मा लामा नागार्जुन तथा हुर्लुङ–दिक्तेल ११.४ किलोमिटर सडक कालोपत्रेका काम लामा नागार्जुन त्रिशुलीले गरिरहेको छ । यस्तै, जयराम–हलेसी १८ किलोमिटरको काम रौता कन्ट्रक्सन र सूर्य कन्ट्रक्सनको जिम्मामा छ । रौता कन्ट्रक्सन र सूर्य कन्ट्रक्सनले जिम्मा लिएको जयराम–हलेसी १८ किलोमिटरको कालोपत्रेका काम पनि सुस्त भएको गुनासो छ । कालोपत्रेको काम सम्पन्न गर्ने सम्झौता मिति सकिँदासमते निर्माण कार्यमा ढिलाइ भएको छ । म्याद नाघेको चार वर्षसम्म पनि बन्न नसकेको जयरामघाटको दुधकोसी पुललाई चाँडो पूरा गर्न ठेकेदारलाई निर्देशन दिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप