बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न प्रचण्डको सुझाव
मङ्गलबार, २६ वैशाख २०७४, २१ : २८
काठमाडौं, वैशाख २६– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने बताएका छन् ।
२५६१ औं बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्ध विचारको प्रशंशा गरेका छन् ।
‘बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं ।
नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण