शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर तीनको मृत्यु

मङ्गलबार, २६ वैशाख २०७४, २१ : ३६
मङ्गलबार, २६ वैशाख २०७४
गाईघाट (उदयपुर), वैशाख २६ – उदयपुरको विभिन्न स्थानमा आज परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका–११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो । तीनै जनाको आ–आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए । चट्याङ लागेर गम्भीर घाइते भएकी कटारी–११ हर्देनीकी ३३ वर्षीया कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप