महिला क्रिकेटको उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँलाई
मङ्गलबार, २६ वैशाख २०७४, २१ : ४६
धनगढी, वैशाख २६ – कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ ।
आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि रु एक लाख प्राप्त गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १५२ रन बनायो ।
राइजिङका लागि अलराउण्डर विदेशी खेलाडी पुजा निमाभाटले ३८ बलको सामना गर्दै चार चौकाको मद्दतले ३७ रन बनाइन् । त्यस्तै सहनवाज प्रवीण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती बिडाँरीले समान १३÷१३ रन बनाए ।
एपिएफकी सरिता मगरले चार ओभरमा २९ रन खर्चिदै तीन विकेट लिइन् । त्यस्तै एपिएफकी करणा भण्डारीले समेत दुई विकेट हात पारिन् । १५३ रनको विजय लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको विभागीय टोली एपिएफले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पूजा पाण्डेले ४२ बल खेल्दै पाँच चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टोलीलाई जित भने दिलाउन सकिनन् ।
त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अङ्कको रन बनाउन सकेनन् । एपिएफलाई सस्तैमा समेट्न राइजिङकी पुजाले चार ओभरमा १७ रन खर्चिदै चार विकेट हात पारिन् ।
प्रतियोगितामा १०७ रन बनाउँदै ११ विकेट लिएकी राइजिङकी पुजा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २५ हजार हात पारिन् ।
त्यस्तै राइजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने विभागीय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट ब्याट्वुमन र बलर घोषित हुँदै रु १० हजार नगद प्राप्त गरे । प्रतियोगितामा देशका छ वटा महिला क्रिकेट टोलीको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण