रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता
मङ्गलबार, २६ वैशाख २०७४, २२ : १४
राजेश भण्डारी
काठमाडौं, बैशाख २६– नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् ।
सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।
‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।’
विहान करिब ९ बजे भक्तपुरबाट रामेछाप जान भनि हिँडेका न्यौपाने राती अबेर पनि रामेछाप सदरमुकाम मन्थली नपुगेपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार स्थानिय चुनाव खर्च प्रयोजनका लागी साथमा चार लाख बोकेर उनि रामेछाप जाँदै थिए । उनले बोकेको मोवाईल मध्यान्ह करिब १२ बजेदेखी स्विच अफ भएको थियो ।
आनन्दश्री कहाँ छन् भन्नेबारे भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण