तीन वर्षमा दोस्रो पटक युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा
रोम, वैशाख २७ – मोनाकोमाथि सहज जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा युभेन्टस फाइनलमा पुगेको यो दोस्रो पटक हो ।
पहिलो लेगमा २–० को अग्रता बनाएको युभेन्टसका लागि मारियो माडुज्किचले गोल गर्दै अग्रता फराकिलो बनाए ।
पहिलो हाफ सकिन लाग्दा मानोकाका गोलकिपर ड्यानिजेल सुबासिचको पन्चलाई भली गर्दै ड्यानी आल्भेजले अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा कायलिन एमबापेले एक गोल फर्काए पनि लिग वानको टोलीले त्यसपछि कुनै गोल गर्न सकेन । योसँगै उनी च्याम्पियन्स लिगको सेमीफाइनलमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
च्याम्पियन्स लिगमा युभेन्टसले ६८९ मिनेटपछि पहिलो गोल खाएको हो ।
सन् १९९६ मा पछिल्लो पटक यो प्रतियोगिता जितेको युभेन्टस सन् २०१५ को फाइनलमा स्पेनिस क्लब बार्सिलोनासँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।
च्याम्पियन्स लिगको फाइनलमा युभेन्टस एसी मिलानसँगै सर्वाधिक ६ पटक पुगको छ ।
पछिल्ला १२ च्याम्पियन्स लिगका खेलमा पनि युभनेन्टस अपराजित रहेको छ ।
जुन ३ मा कार्डिफमा हुने फाइनलमा युभेन्टसले रियल म्याड्रिड वा एथ्लेटिको म्याड्रिड मध्ये एक टोलीको सामना गर्नेछ । बुधबार राती रियलले एथ्लेटिकोको सामना गर्दैछ । पहिलो लेगमा रियल ३–० ले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण