विवादमा पोग्वाको अनुबन्ध : फिफाले अनुसन्धान गर्ने
बुधबार, २७ वैशाख २०७४, ०७ : ५६
म्यान्चेस्टर, वैशाख २७ – विश्व फुटबलको नियामक निकाय फिफाले पाउल पोग्बाको विश्व किर्तिमानी स्थानान्तरणको अनुसन्धान गर्ने भएको छ ।
फिफाले उक्त अनुबन्धबारे प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडलाई स्पष्टिकरण माग्दै पत्रसमेत लेखिसकेको छ ।
गत वर्ष ८९.३ मिलियन पाउण्डमा पोग्बा युभेन्टसबाट युनाइटेड भित्रिएका थिए ।
फिफाले यो अनुबन्धमा संलग्न र उनीहरुलाई दिइएको रकमबारेमा चाँसो व्यक्त गरेको बताइएको छ ।
सन् २०१२ मा १.५ मिलियन पाउण्डमा युनाइटेडबाटै युभेन्टस पुगेका पोग्बाको क्लबमा दोस्रो स्पेल हो ।
फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी सन् २००९ मा फ्रेन्च क्लब ले हाब्रेबाट युनाइटेड आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण