शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पको अर्को विवादस्पद निर्णय : एफबिआईका प्रमुख बर्खास्त

बुधबार, २७ वैशाख २०७४, ०९ : २५
बुधबार, २७ वैशाख २०७४

एजेन्सी

वासिङटन, वैशाख २७ – हिलारी क्लिन्टनको इमेलको अनुसन्धानको विषयमा खोट देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबिआईका प्रमुख जेम्स कोमेलाई हटाएका छन् ।

मंगलबार कोमेलाई बर्खास्त गरेको भन्दै ह्वाइट हाउसले वासिङटनलाई स्तब्ध बनाएको थियो ।

यता, डेमोक्र्याटहरुले भने एफबिआईले ट्रम्प अभियान र रसियाबीचको सम्बन्ध अनुसन्धान गरिरहेको कारण कोमेलाई बर्खास्त गरिएको आरोप लगाएको छ ।

ट्रम्पको अभियानलाई क्रेम्लिनले सहयोग गरेको आरोप लागिरहेको बेला ट्रम्प प्रशासनले उक्त अनुसन्धानलाई प्रभावित पार्न यो कदम चालेको उनीहरुको आरोप छ ।

यता, गत हप्ता कङ्ग्रेसमा कोमेले क्लिन्टको इमेलको बारेमा गलत तथ्य प्रस्तुत गरेको ट्रम्प सरकारले आरोप लगाएको छ ।

अमेरिकी महान्याधिवक्ता जेफ सेसनले कोमे उक्त पदका लागि योग्य नरहेको सिफारिस गरेको आधारमा बर्खास्त गरेको उल्लेख गर्दै ट्रम्पले कोमेलाई पत्र  पठाएका थिए ।

ह्वाइट हाउसले उनको उत्तराधिकारीको खोजी तत्काल सुरु गरिने बताएको छ ।

कोमेले लस एन्जलिसमा एफबिआई एजेन्टहरुलाई सम्बोधन गरिरहँदा बर्खास्त भएको समाचार पाएका थिए । उनलाई बर्खास्त भएको नोट दिँदा त्यसलाई ठट्टा सम्झेर हाँसेका थिए ।

५६ वर्ष कोमे आफ्नो १० वर्षे कार्यकालको चौँथो वर्षमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप