चुनावी प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना, उम्मेदवारसहित १२ घाइते
बुधबार, २७ वैशाख २०७४, ०९ : ४१
समुन्द्रा घिमिरे
बेसीशहर, २७ वैशाख - लमजुङको सुन्दरबजार नगरपालिका वडा नमबर ५, गहते छोर्सेस्थित खत्रीठाँटीको भित्री सडकमा मंगलबार साँझ जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
साँझ साँढे ५ बजेतिर कांग्रेसको चुनावी प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुन्दरबजार नगरपालिका ५ का ३ जना कांग्रेस उम्मेदवारसहित कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार गहतेबाट खत्रीठाटीतर्फ आउँदै गरेको ग १ ज ६१८७ नम्बरको जीप घुम्तीमा ‘ब्याक’ गर्दा बाटो भासिएर १०÷१२ मिटर तल खसेको हो ।
क्षमताभन्दा बढी यात्रु चढेका कारण जीप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा सुन्दरबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका कांग्रेसका उम्मेदवार सूर्यबहादुर गुरुङ, महिला सदस्य शारदा भट्राई, वडा सदस्य धर्म लामा लगायत रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सुन्दरबजार नगरपालिका वडा नम्बर ५, खहरेका गोपाल तामाङ र सुदेश तमाङ साथै खत्रीठाँटीका दीपक तामाङलाई थप उपचारको लागि पोखरास्थित फेवासिटी हस्पितलमा रिफर गरिएको छ । बाँकी ९ जनाको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचारपछि साँझ नै घर फर्केको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण