घरमै दूध लिन आउन थालेपछि किसान हर्षित
बुधबार, २७ वैशाख २०७४, ०९ : ५४
इनरुवा - सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो ।
दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने पाँचदेखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर अहिले उहाँ त्यो समस्याबाट मुक्त हुनुभएको छ । उहाँलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो । कृषकले दूधको उचित मूल्य नपाएको र बजारसमेत नपाएर दूध कहाँ बिक्री गर्ने भन्ने समस्या रहेको थियो । तर अहिले त्यो समस्याबाट कृषकले उन्मुक्ति पाएका छन् ।
कारण एउटै हो सुनसरी सदरमुकाम इनरुवामा रहेको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र । केन्द्रले सधैँ गाउँमै गएर किसानको दूध सङ्कलन गर्न थालेपछि किसानलाई राहत मिलेको छ ।
पहिले कहाँ दूध बेच्ने, कसरी बेच्ने भने चिन्ताले सताएको बेला अहिले नवयुगले गाउँमै आएर दूध सङ्कलन गर्न थालेकाले त्यो सबै चिन्ताले मुक्त भएको बबियाका कृषक बलदेव यादवको भनाइ छ । समयमा दूध नबिक्ने, बिके पनि उचित मूल्य नपाउने समस्याको सामना गर्दै आएका बबियाका कृषकले नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले दूध सङ्कलन थालेपछि राहतको महसुस गरेका छन् ।
बबियामा केन्द्रले दैनिकरुपमा दुईसय लिटर दूध सङ्कलन गर्दै आएको छ । यहाँको एउटै गाउँको दुई स्थानमा लगाताररुपमा दुग्ध सङ्कलन गर्दै आएको स्थानीयवासीले बताएका छन् ।
बबियासहित अन्य केन्द्रमा गरी दैनिक ४०० कृषकबाट ६०० लिटर दूध सङ्कलन गर्दै आएको र केन्द्रलाई दिगोरुपमा टिकाइराख्न सबैको साथ र सहयोग आवश्यक रहेको सञ्चालक गोविन्द पोखरेलले बताए । पोखरेलका अनुसार २०७० सालमा स्थापना भएको केन्द्रले मधेसा, बबिया र इनरुवामा गरी चार स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ ।
केन्द्रले समूहमार्फत कृषक कल्याण कोषसमेत स्थापना गरेको पोखरेलले बताउनुभयो । केन्द्रले कोषबाट रु ८५ हजार सङ्कलन भएको र पाँच प्रतिशतका दरले केन्द्रले थपेर कोष सञ्चालनको अवस्थामा राखेको बताइएको छ । उक्त केन्द्रले रु २२ लाखको भौतिक सामग्री राखेको छ भने वार्षिक २०० हजार लिटर बढी दूध सङ्कलन गर्दै आएको छ ।
त्यस्तै, संस्थाले जनसेवा तथा सामाजिक सेवाअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार ज्येष्ठ नागरिकलाई निःशुल्क तातो दूध वितरण गर्दै आएको छ । केन्द्रले शुद्ध र सफा दूध र निरोगी तथा स्वस्थ दूध उत्पादन तथा बिक्री वितरणमा जोड दिएकाले किसान र उपभोक्ता दुवैलाई फाइदा भएको सञ्चालक राजकुमार न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण