धनुषामा आँप उत्पादनमा ७५ प्रतिशतले कमि
बुधबार, २७ वैशाख २०७४, ०९ : ५७
-अमरेन्द्र यादव
जनकपुरधाम, बैशाख २७ - धनुषामा आँप उत्पादमा भारी ह्रास आएपछि किसानहरु चिन्तित बनेका छन् ।
विगतको वर्षभन्दा यस वर्ष आँपका बोटहरुमा धेरै फुल लागेपछि उत्पादन बढ्ने आशामा थिए किसान । तर यस हुरी, बतास र असिनाको कारण आँप उत्पादनमा झण्डै ७५ प्रतिशतले कमी आएपछि किसानह निराश भउका छन् ।
जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष आँप उत्पादनमा ७५ प्रतिशतले ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । हुरी बतासका साथै आँपको फूलमा मह लागेपछि पनि फूल चुहिएकोले गर्दा आँप उत्पादनमा ह्रास आएको हो ।
गत बर्ष धनुषामा १७ हजार ४ सय ८६ मेट्रिक टन बढी आँप उत्पादन भएकोमा यसपाली भने त्यसको एक चौथाई मात्र आँप उत्पादन भएको तथ्यांक छ । जिल्लाबाट बढीमा ४ हजार मेट्रिक टनको हाराहारीमा आँप बचेको बताइएको छ ।
गत वर्ष धनुषा जिल्लामा ६१ करोड रुपैयाँ भन्दा बढिको आँप उत्पादन भएको थियो । २०७२ को तुलनामा गतवर्ष तीन गुणाले आँप उत्पादनमा बृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण