मुक्त हलियाले नै रकम दुरुपयोग गर्दा पर्नस्थापनामा कठिनाइ
बुधबार, २७ वैशाख २०७४, १० : ००
डडेल्धुरा - विगत लामो समयदेखि हलिया पुनस्र्थापना कार्यक्रम लागू गरिएको भएपनि कार्यक्रम हलियाकै कारण प्रभावकारी हुन नसकेको हलिया मुक्ति समाज महासङ्घका अध्यक्ष राजुराम भुलले बताए ।
जिल्लास्थित हलियाको क्षेत्रमा काम गर्ने संस्था र पत्रकारको संयुक्त अनुगमनले हलियाले रकम दुरुपयोग गरेको तथ्यांक सार्वजनिक गरेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँमा गरेको अनुगमनले हलियाले नै सो रकम दुरुपयोग गरेको भेटिएको हो । जिल्लाको अजयमेरु गाउँपालिका–४ को चिपुर, अमरगढी नगरपालिका बुडाली, बगरकोटलगायत ठाउँका हलियाले सो रकम दुरुपयोग गरेको राजाराम भुलको भनाइ छ । कतिपयले आफ्नो राम्रै घर व्यवस्था गरेर बसेका भएपनि केही हलियाले भने रकमको दुरुपयोग गरेको अध्यक्षले जनाएका छन् ।
मालपोत कार्यालय, डडेल्धुराले मुक्त हलिया पुनस्र्थापनाका लागि विभिन्न शीर्षकमा रकम उपलब्ध गराए पनि मुक्त हलियाले जग्गा खरिद, घर मर्मत र घर निर्माण नगरेको पाइएको मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताए ।
पुनस्र्थापनाका लागि प्राप्त रकम करिब १२ जना मुक्त हलियाले छोरा–छोरीको बिहे, बिरामी खर्च, रोजगारीका लागि भारतलगायत अन्य तेस्रो मुलुक जाँदा भाडामा खर्च गरेको पाइएको अध्यक्ष सार्कीको भनाइ छ । चिपुर, बगरकोट र बुडालीका करिब १२ जना हलियाले सो रकम दुरुपयोग गरेका खुल्न आएको हो ।
डडेल्धुरामा १६३ जनालाई यो आर्थिक वर्षभित्रै पुनस्र्थापना गरिने मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ । मुक्त हलियाको आफ्नै घर र जग्गा होस् भन्ने हामी चाहन्छाँ तर उनीहरुले भने पाएको रकम पनि सदुपयोग नगरी अन्य काममा खर्च गरेर महासङ्घलाई अप्ठ्यारोमा पारिरहेको महासङ्घका अध्यक्ष राजुरामको गुनासो छ ।
यो आवमा १०५ जना मुक्त हलिया पुनस्र्थापना गर्ने लक्ष्य रहेको छ । यस वर्ष मुक्त हलिया पुनस्र्थापनाका लागि भन्दै २३ को घर निर्माण, ७२ लाई घर मर्मत र ६८ जनालाई जग्गा खरिदका लागि सम्झौता गरिएको छ ।
भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले मुक्त हलियाको नाममा बैंकमार्फत दिने रकममध्ये घर निर्माणका लागि रु तीन लाख २५ हजार, घर मर्मतका लागि रु एक लाख २५ हजार र जग्गा खरिदका लागि रु दुई लाख रकम प्रदान गर्दै आएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण