लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती (फोटो फिचर)
बुधबार, २७ वैशाख २०७४, १७ : २७
राधेश्याम विश्वकर्मा
रुपन्देही बैशाख २७ – लुम्बिनीमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको छ । बुद्ध जयन्ती मनाउन आज मायादेवी मन्दिरमा हजारौ सर्वसाधारण पुगेका थिए ।
बुद्ध जयन्तीको उद्घाटन गर्न लुम्बिनी आएका उपराष्ट्रपति नन्द बहादुर पुनले समग्र लुम्बिनीको बिकासको लागी बुद्ध सर्किटको बिकास गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
यसैवीच बुद्ध जयन्तीको अवसर पारी ३० जनालाई दिइदै आएको मायादेवी छात्रवृत्ति यस बर्षदेखि बढाईएको छ । बुहत्तर लुम्बिनी क्षेत्रमा पर्ने रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका गरि सरकारी र सामुदायिक बिद्यालयका उत्कृष्ट १ सय जना छात्र तथा छात्रालाई ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
यसैगरी बुद्धको जन्मस्थल लुुम्बिनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रवद्र्धनमा सहयोग गरेको भन्दै कार्यक्रममा ‘बुद्ध बर्न ईन नेपाल’ अभियान चलाएका रमित ढुङ्गाना, पुरातत्वविद प्राध्यापक रविन कनिङघम, कोषका गुडविल एम्बेस्डर कासाई होटल प्रालीका अध्यक्ष नोवुओ कासाई र पर्यटन ब्यवसायी बिक्रम पाण्डेलाई सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण