शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा चाउचाउ उद्योग सञ्चालमा

बुधबार, २७ वैशाख २०७४, १७ : ३५
बुधबार, २७ वैशाख २०७४
काठमाडौं, वैशाख २७–मुलुकमा लामो समयपछि स्थानिय निकायको चुनाव हुने पक्का पक्की भएपछि राजनीतिक स्थिरता कायम हुने र लगानीको वातावरण वन्दै जानेमा उद्यमी व्यवसायी पनि ढुक्क देखिन थालेका छन् । लगानीको वातावरण वन्दै गएको भन्दै मुलुकमा केही ठूला उदोगहरु समेत खुल्नेक्रम सुरु भइकसकेको छ । यसैक्रममा एक अर्ब भन्दावढी लगानीमा रुपन्देहीमा चाउचाउ उद्योग सञ्चालमा आएको छ । रुपन्देशीको तिलोत्तमा नगरपालिका स्थित मधौलियामा यशोदा फुड्स प्रालीले चाउचाउ र चिजबल्स उद्योग सुरु गरेको हो । उक्त उद्योगवाट लाली, करेन्ट र जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको छ । आठ घण्टामा १० टन चाउचाउ उत्पादन हुने उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिएका छन् । उद्योगले प्रत्यक्ष रुपमा ३ सय ५० जना भन्दावढीलाई रोजगारी दिएको छ । यस्तै अप्रत्य रुपमा पनि ३ सयको हाराहारिमा रोजगारी दिएको छ । उद्योगले भारत, चीन लगायतका मुलुकवाट कच्चा पदार्थ आयात गरि चाउचाउ उद्योग सुरु गरेको जानकारी दिएको छ । अर्वौ लगानीमा नयाँ उद्योग सुरु भएपछि अन्य व्यवसायीले पनि लगानीको लागि हौसला मिलेको वताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप